आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

आइतबार, १६ कात्तिक २०८२, १४ : १२
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ घर भएर नयाँ थिमी बस्ने ४७ वर्षीया पार्वती श्रेष्ठ छिन् ।

शनिबार उनलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ स्थित नयाँ थिमीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप