एकीकृत समाजवादीको सचिवालय : खनाल र भुसालले गरे बहिस्कार !
सारांश
- नेकपा एसका नेता झलनाथ खनाल र घनश्याम भुसाल माओवादीसँगको पार्टी एकताको बैठकमा अनुपस्थित रहे।
- पार्टी एकताको विपक्षमा रहेका खनाल र भुसाल केन्द्रीय कमिटीको निर्णयप्रति असहमति जनाउँदै अलग पार्टी बनाउने तयारीमा छन्।
- सचिवालय बैठकले कात्तिक १९ गते संयुक्त भेला गरी पार्टी एकता घोषणा गर्ने निर्णय गरेको छ।
काठमाडौँ । माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरू आज बसेको सो पार्टीको सचिवालय बैठकमा अनुपस्थित भएका छन् ।
पार्टी एकताबारे छलफल गर्न आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहभागी नभएका हुन् ।
नेता जगनाथ खतिवडाले आजको सचिवालय बैठकमा खनाल र भुसाल दुवै नेता सहभागी नभएको जानकारी दिए ।
‘सम्मानित नेता खनाल रुघाखोकी लाग्यो भनेर आउनुभएन । महासचिव भुसालले केही नभने पनि उपस्थित हुनुभएन’, खतिवडाको भनाइ छ । सचिवालय बैठकले कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता घोषणा गर्ने निर्णय गरेको खतिवडाको भनाइ छ ।
अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्ष माओवादीसँग पार्टी एकता गर्न तयार भएपछि खनाल र भुसाल केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै अलग पार्टी गठन गर्ने तयारीमा छन् ।
शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता घोषणा गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण