कर्णाली सरकारका प्रवक्ताको टिप्पणी : बालेनले कूटनीतिक मर्यादाको हेक्का नराख्नु शर्मनाक
सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा लेखेको एक पोस्टमाथि कडा टिप्पणी गरेका छन् ।
शाहले मेयर बालेनको उक्त पोस्टमा व्यक्त भएका विचारहरूलाई कूटनीतिक मर्यादासम्मको हेक्का नराख्नु शर्मनाक भन्दै आलोचना गरेका हुन् ।
मेयर बालेनले शनिबार राति सामाजिक सञ्जालमा विभिन्न देश र दलहरूलाई अमर्यादित तरिकाले गाली गरेर पोस्ट लेखेका थिए । तर, पछि उनले हटाइसकेका छन् । यद्यपि, उनको पोष्टको स्क्रिनसट भने यतिबेला चर्चामा छ ।
मेयर बालेनको सोही पोस्टलाई उद्धृत गर्दै प्रवक्ता शाहले आफ्नो सामाजिक सञ्जालमा प्रश्न तेर्स्याएका छन् ।
कर्णाली सरकारका प्रवक्ता शाहले भनेका छन्, ‘यो कस्तो मनस्थिति र योजना होला ? राति १२ बजे छिमेकी मित्र राष्ट्रहरू र अमेरिकालाई ललकार्नुको उद्देश्य र कारण के हो ? उनीहरूलाई आऊ, हाम्रो अस्तित्व र सार्वभौमिकता लुट भनेर आह्वान गरेको हो ?’
शाहले थप भनेका छन्, ‘सिंहदरबार जलाइदिन्छु भन्नु भएको थियो, त्यो काम त तपाईँले पूरा गरिसक्नु भयो । अब तपाईँले नेपाल आमाको अस्तित्व मेटाउन बाँकी छ, त्यसैको तयारी हो ?’
जनताबाट निर्वाचित भएर महत्त्वपूर्ण जिम्मेवारीमा बसेर सामान्य कूटनीतिक मर्यादासम्मको हेक्का नराख्नु शर्मनाक कुरा भएको प्रवक्ता शाहको भनाइ छ ।
‘भूराजनीतिक हिसाबले अत्यन्त संवेदनशील अवस्थामा रहेको मुलुकले सबै संवेदनशीलतामा ध्यान दिनुपर्ने कुरा पनि सोच्न सकिन्न,’ शाहले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण