भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
सारांश
- भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको छ।
- फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्यो, जसमा दिप्ती शर्माले पाँच विकेट लिए।
- भारतले पहिले ब्याटिङ गर्दै २९८ रन बनायो, जसमा शफाली वर्माको ८७ रन र दीप्ती शर्माको ५८ रनको योगदान रह्यो।
काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक महिला विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै नयाँ च्याम्पियन बनेको हो ।
डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४५ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २४६ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि ओपनर लौरा मोल्भालकरले १०१ रनको शतकीय पारी खेलिन् । ९८ बल खेलेकी उनले ११ चौका र १ छक्का प्रहार गरिन् ।
त्यस्तै अनरी देर्कासेनले ३५ रन बनाउँदा सुने लसले २५ रनको योगदान गरिन् ।

भारतका लागि दिप्ती शर्माले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै सफाली वर्माले दुई विकेट लिँदा श्री चार्नीले एक विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो । भारतका लागि शफाली वर्माले सर्वाधिक ८७ रनको अर्धशतक प्रहार गरिन् । उनले ७८ बलमा ७ चौका र २ छक्का प्रहार गरिन् ।
त्यस्तै दीप्ती शर्माले ५८ रनको अर्धशतकीय पारी खेल्दा स्मृती मन्दनाले ४५ तथा रिचा गोसले ३४ रनको योगदान गरिन् ।
दक्षिण अफ्रिकाका लागि बलिङतर्फ याबोन्गाले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै नोनकुलुलेको मल्बा, नाडिने डे लेर्क र चालोइ ट्राइओनले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण