विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेले भेटे शेखर कोइराला
सारांश
- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्।
- डा. शेखर कोइरालालाई भेटेर हस्ताक्षर र केन्द्रीय समितिको निर्णयबारे ध्यानाकर्षण गराए।
- विशेष महाधिवेशनको मागलाई केन्द्रीय कार्यसमितिको एजेन्डा बनाउन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन हुनुपर्छ भन्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनेहरूले इतर समूहका नेता डाक्टर शेखर कोइरालालाई भेटेका छन्।
नेता गुरुराज घिमिरेको नेतृत्वको टोलीले विशालनगरस्थित डाक्टर कोइरालाको सम्पर्क कार्यालयमा पुगेर आफूहरूले बुझाएको हस्ताक्षर र केन्द्रीय समितिले गर्नुपर्ने निर्णयका बारेमा ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले पार्टीको विधान अनुरूप हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई बुझाएका थिए।
खड्काले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर सहितको पत्र आएको जानकारी जारी केन्द्रीय कार्यसमिति बैठकमा गराइसकेका छन् तर त्यो हस्ताक्षर सहितको पत्र केन्द्रीय कार्यसमितिको एजेण्डा बनेको छैन।
आफूहरूको मागलाई केन्द्रीय कार्यसमितिको एजेन्डा बनाउनुपर्ने भन्दै उनीहरूले डाक्टर कोइरालालाई ध्यान आकर्षण गराएका हुन् ।
यसअघि उनीहरूले कार्यवाहक सभापति खड्कालाई पनि ध्यान आकर्षण गराएका थिए। समूहले मंगलबार हस्ताक्षरकर्ताहरूको विशेष भेला समेत काठमाडौँमा बोलाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण