राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी तोकियो
सोमबार, १७ कात्तिक २०८२, १० : १९
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सामाजिक विकासका लागि आयोजना हुने शिखर सम्मेलनमा भाग लिन प्रस्थान गर्नुभएको छ।
- राष्ट्रपति पौडेल कात्तिक २० गतेसम्म दोहामा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुहुनेछ।
- राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा आयोजना हुने 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेल कात्तिक२० गतेसम्म दोहामा हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्य सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पादन गरिनेगरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलको भ्रमण अवधि भर उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी वहन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण