माओवादी विभाजनको नाटक दोहोरिँदैछ : गजुरेल
सारांश
- माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीमा पटकपटक विभाजन गर्नेहरू पुरानै घेरामा फर्किरहेको बताए।
- उनले माओवादी विभाजन व्यक्तिगत महत्त्वाकांक्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीको परिणाम भएको उल्लेख गरे।
- गजुरेलले २०८२ सालको जेनजी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र वामपन्थी शक्तिबीचको एकताले समाजवादतर्फको यात्रा तय गर्ने दाबी गरे।
विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल (शीतलकुमार) ले माओवादी पार्टीमा पटक पटक विभाजन गर्नेहरू पुनः उही घेरामा फर्किँदै गएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत उनले माओवादी विभाजनहरू विचारगत कारणले नभएर व्यक्तिगत महत्त्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्वत्वसँगको असमझदारीको परिणाम भएको बताएका हुन् ।
‘यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन्,’ शीतलकुमारले भनेका छन्– ‘विडम्बना के छ भने आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदैछ। यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो।’
२०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टी (मशाल, चौम, सर्वहारा श्रमिक सङ्गठन र विद्रोही मसाल) बिचको ऐतिहासिक एकताले जनयुद्धका वैचारिक र सङ्गठनात्मक आधार तयार गरेको र त्यसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गराएको उनको दाबी छ ।
‘अब, २०८२ सालको जेनजी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबिचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ। इतिहास फेरि दोहोरिँदै छ तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगिन यात्राको हो,’ उनले भनेका छन्, ‘अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एक मात्र सम्भावित बाटो देखिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण