अवरुद्ध दाउन्ने सडक खण्डमा दुईतर्फी सवारी सुचारु
सोमबार, १७ कात्तिक २०८२, १२ : ४४
सारांश
- नवलपरासी पूर्वको दाउन्ने सडक खण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।
- सडकखण्ड वुटल-नारायणगढ खण्ड विस्तारको क्रममा कल्भर्ट बनाउँदा अवरुद्ध भएको थियो।
- अवरुद्ध सडकखण्ड खुलेपछि यात्रुहरूलाई राहत मिलेको छ।
काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडक खण्ड दुईतर्फी सुचारु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–२ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड सोमबार मध्यान्हदेखि दुईतर्फी सुचारु भएको पूर्वी नवलपरासीका एसपी युवराज खडकाले रातोपाटीलाई बताए । उनले भने– ‘अहिले दुईतर्फी सवारी सञ्चालनमा आएपछि अवस्था सामान्य बन्दै गएको छ ।’
वुटल–नारायणगढ खण्ड विस्तारको क्रममा कल्भर्ट बनाउँदा वर्षा भएसँगै उकालो बाटो चिप्लो भएर तथा गाडी बिग्रिएर अवरुद्ध भएको थियो । त्यहाँबाट यात्रा गर्नेहरू ९ घण्टासम्म कुर्नुपर्ने अवस्था थियो । सो अवस्था अहिले अन्त्य भएको एसपी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण