कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्ग अवरुद्ध
काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् ।
कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै रातको समयमा इलाम जिल्ला भित्रको मेची राजमार्ग सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसको अवरोध राति ११ बजेदेखि बिहान ०६ बजेसम्म पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।
अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु छ । बागमती प्रदेशमा बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै गोसाईंकुण्ड गाउँपालिका–२ मा तातोपानी, बालुवाखानी, घट्टेखोला र फ्याङलुङस्थित सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै घरपझोङ गाउँपालिका–४ मा पाण्डाखोला नजिक जोमसोम–कोरोला सडक खण्ड एकतर्फी रूपमा सुचारु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण