सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले सुकुम्बासीलाई हटाउन नहुने भन्दै उनीहरू बसिरहेकै ठाउँमा पक्की घर बनाउनुपर्ने बताए।
- उनले काठमाडौं महानगरले डोजर चलाए प्रतिकार गर्ने चेतावनी दिए, गरिब हटाउन नहुने उनको भनाइ थियो।
- साहले संविधानले आवासको अधिकार दिएको स्मरण गराउँदै मेयर बालेनलाई सुकुम्बासीलाई घर बनाउन नसक्ने भन्दै प्रश्न गरे।
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा खाली गर्न र सात दिनभित्र नहटे डोजर चलाउने चेतावनी दिएपछि आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह सुकुम्बासीहरूको पक्षमा खुलेका छन् ।
आजपा निकट आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सोमबार कोटेश्वरमा आयोजना गरेको पूर्वतयारी तथा खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकारले सुकुम्बासीलाई हटाउने नभई बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्ने बताए । उनले भने, “सुकुम्बासीलाई हटाउने होइन, उनीहरू बसोबास गरिरहेको ठाउँमै व्यवस्थित रूपमा पक्की घर बनाएर सरकारले दिनुपर्छ । संविधान र कानूनले सबै नेपालीलाई बस्ने, खाने र रोजगारी गर्ने अधिकार दिएको छ ।”
उनले थपे, “यदि काठमाडौं महानगरले कानून विपरीत डोजर आतंक मचाउने हो भने त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । गरिब हटाउने होइन, गरिबी हटाउने सद्बुद्धि मेयर बालेनलाई आओस् । सुकुम्बासीलाई आतंकित पार्ने काम तुरुन्त रोक्नुपर्छ।”
साहले संविधानले सबै नागरिकलाई जग्गा र घर पाउने अधिकार दिएको स्मरण गराउँदै भने, “ललिता निवासजस्ता सरकारी जग्गा भूमाफियाले कब्जा गर्न सक्छन्, तर सुकुम्बासीलाई घर बनाएर दिन मेयर बालेन किन नसक्ने? मौलापुरमा मेयर रिना साहले दलित समुदायलाई पक्की घर बनाएर दिएकी छन्, त्यसबाट सिकेर काम गर्नुपर्छ।”
उनका अनुसार शासकको राम्रो नियत भए काठमाडौंको सुकुम्बासी समस्या एक महिनाभित्र समाधान गर्न सकिन्छ । “शासकको कुकर्मले कोही सुकुम्बासी बनेका छन्, कोही हुकुम्बासी र जमिन्दार । यस्तो हर्कत सुधारिएन भने हामी जस्तोसुकै प्रतिकारका लागि तयार छौं,” उनले चेतावनी दिए ।
साहले सुशीला कार्की नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा भूमि आयोग नै खारेज गरेर तमासा गरेको आरोप पनि लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण