माल्दिभ्समा सन् २००७ पछि जन्मेकालाई चुरोट तान्न प्रतिबन्ध
माले । माल्दिभ्सले धूम्रपानमा पुस्तागत प्रतिबन्ध लगाएको छ । नयाँ प्रतिबन्धका अनुसार २००७ जनवरी १ पछि जन्मिएका व्यक्तिलाई धूम्रपान, खरिद र बिक्री गर्न पूर्णरूपमा अवैध बनेको छ ।
शनिबारदेखि लागू भएको यो ऐतिहासिक कानुनलाई माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले ‘सार्वजनिक स्वास्थ्यको संरक्षण र धूम्रपानमुक्त पुस्ता निर्माणतर्फको ऐतिहासिक कदम’ भन्दै स्वागत गरेको छ ।
मन्त्रालयका अनुसार, यस निर्णयले माल्दिभ्सलाई ‘राष्ट्रिय स्तरमा पुस्तागत धूम्रपान प्रतिबन्ध लागू गर्ने विश्वकै पहिलो देश’ बनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार, धूम्रपानका कारण हरेक वर्ष विश्वभर ७० लाखभन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।
२०२१ को एक राष्ट्रिय सर्वेक्षणअनुसार माल्दिभ्सका १५ देखि ६९ वर्षका चौथाइभन्दा बढी वयस्कले तम्बाकू सेवन गर्थे र १३ देखि १५ वर्षका किशोरबिच यो दर लगभग दोब्बर थियो । तुलनात्मक रूपमा अमेरिकामा २०२२ सम्म वयस्कको झन्डै २० प्रतिशत र बेलायतमा २०२३ मा १२ प्रतिशत वयस्क धूम्रपान गर्ने गर्थे । माल्दिभ्स यो नीति लागू गर्ने पहिलो देश हो ।
अन्य मुलुकहरूले पनि यस्तै प्रस्ताव अघि नसारेका भने होइनन् । सन २०२२ मा न्युजिल्यान्ड सरकारले २००९ जनवरी १ पछि जन्मिएका व्यक्तिलाई चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक प्रस्ताव पारित गरेको थियो । तर, २०२४ देखि लागू हुने उक्त नीति एक वर्षमै आर्थिक कारण देखाएर खारेज गरियो, जसले जनस्वास्थ्य विशेषज्ञ र धूम्रपान विरोधी समूहहरू क्रोधित बनेका थिए ।
बेलायतमा पनि हालै यस्तै विधेयक संसदमा विचाराधीन छ । उक्त विधेयकले २००९ पछि जन्मिएका व्यक्तिलाई चुरोट पानमा निषेध गर्ने र धूम्रपान तथा भ्यापिङ उत्पादनको बिक्रीमा थप कडाइ गर्ने व्यवस्था गरेको छ । बेलायती अस्पताल, क्यान्सर सङ्घ र राष्ट्रिय स्वास्थ्य सेवाका प्रमुखहरूले पनि उक्त विधेयक पारित गर्न खुला पत्रमार्फत आग्रह गरेका छन् ।
उनीहरूका अनुसार पछिल्लो ६ महिनामा मात्र १ लाख २० हजारभन्दा बढी युवाले धूम्रपान सुरु गरेका छन् । माल्दिभ्समा यो प्रतिबन्ध देशको दीर्घकालीन धूम्रपान नियन्त्रण अभियानको निरन्तरता हो ।
सन २०२४ को अन्त्यमा सरकारले उमेरको कुनै सीमा नराखी भ्यापिङ उपकरणको आयात, उत्पादन, वितरण, प्रयोग र स्वामित्वमा समेत पूर्ण प्रतिबन्ध लगाइसकेको थियो । यो नयाँ कानुनसँगै माल्दिभ्सले भविष्यका पुस्तालाई धूम्रपानमुक्त बनाउने दिशामा ऐतिहासिक उदाहरण प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण