बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सर्वोच्चको आदेशले पद जोगिएका राजदूतले गरे राष्ट्रपतिलाई स्वागत

सोमबार, १७ कात्तिक २०८२, १५ : १५
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेललाई कतार भ्रमणमा राजदूत रमेशचन्द्र पौडेलले स्वागत गरे, जसलाई फिर्ता बोलाउने निर्णय भएको थियो।
  • सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पौडेलले स्वागतको अवसर पाए।
  • राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' मा सहभागी भएका हुन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार  कतार भ्रमणमा पुग्दा कतारका लागि नेपाली रमेशचन्द्र पौडेलले स्वागत गरेका छन् । पौडेल उनै हुन्, जसलाई सुशीला कार्की नेतृत्वको सरकारले राजदूतबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर, एक दिन अघिमात्रै सर्वोच्च अदालतले उनीसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अधिवक्ताहरू प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । उक्त आदेशसँगै राजदूत पौडेलले पौडेललाई दोहामा स्वागतको अवसर पाएका हुन् । यदि सर्वोच्चले आइतबार सर्वोच्चले उक्त आदेश नदिएको भए उनले राजदूतको हैसियतमा स्वागतको अवसर पाउँदैनथे । 

राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका हुन् । 

राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पौडेलसहित कतारका विदेश मन्त्रालयका उच्चपदस्थ पदाधिकारीले समेत  स्वागत  गरेका थिए ।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप