जेनजी आन्दोलनमा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यकामै रहन परिपत्र गरेको छ ।
प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको सचिवालयबाट कात्तिक १६ गते प्राप्त पत्रअनुसार आवश्यक कार्यार्थ उपत्यका प्रहरीलाई उक्त पत्र पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रशासन शाखाले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई आवश्यक कार्यार्थ पठाएको पत्रमा भनिएको छ, 'सो सम्बन्ध जेनजी आन्दोलनमा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिका लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरिएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण