दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ
सोमबार, १७ कात्तिक २०८२, २० : ४०
कैलाली । कैलालीमा दुई जना भारतीय नागरिक रु. २८ लाखसहित पक्राउ गरेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट रु २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन ११७५ नम्बरको कारमा जाँच गर्दा त्यसमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण