तौल घटाउन यसरी तयार पार्नुस् बेसार हालेकाे दूध
काठमाडौँ । घाउचोट लाग्दा बेसार हालेको दूध तपाईँहरूमध्ये कति जनाले पिउनुभएको छ ? चोट लागेको बेलामा मात्रै होइन, चिसोले समाएर हैरान बनाएको बेलामा पनि यही दूध पिउन दिइन्छ ।
अग्रजहरूका अनुसार बेसार र दूधको मिश्रण हरेक रोगको उपचार हो । चाखलाग्दो कुरा त के छ भने पछिल्लो समय यही दूध विदेशमा ‘गोल्डेन मिल्क’को नाममा लोकप्रिय बनिरहेको छ । यो दूध अब हजुरआमा पुस्ताको भान्सामा मात्र सीमित छैन, महँगा क्याफे र रेस्टुरेन्टले समेत यसलाई नयाँ शैलीमा पस्किरहेका छन् । बेसार हालेको दूधले तपाईँलाई तौल घटाउन पनि मद्दत गर्न सक्छ । तपाईँले कहिले यो कुरा सुन्नु भएको थियो ?
बेसार हालेको दूध यति धेरै फाइदाजनक किन छ ? बेसार सामान्य मसला होइन, यसमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि छन् । त्यसैले यो दूध चिसो, थकान र निद्राको समस्या भएकाहरूका लागि निकै प्रभावकारी मानिन्छ ।
बेसार हालेको दूधले तौल घटाउन मद्दत गर्ला र ? तपाईंको दिमागमा पनि यही प्रश्न उठेको छ ? भारतीय सेलिब्रेटी पोषणविद् रुजुता दिवेकरलाई सोध्ने हो भने यसको उत्तर ‘हो’ आउँछ । बेसार हालेको दूधले तौल घटाउन र शरीरलाई फिट राख्न मद्दत गर्न सक्ने उनी बताउँछिन् । बेसार र दूध मिलेर शरीरमा गूड फ्याट, एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी तत्त्वहरू बढाउँछ, जसले बोसो छिटो जल्दछ र शरीरलाई छिटो निको हुन मद्दत गर्छ ।
कुन दूध प्रयोग गर्ने ?
बेसार हालेको दूध बनाउन ताजा, फुल–क्रिम दुवै उत्तम हुने रुजुता भन्छिन् । ‘सबैभन्दा राम्रो दूध त्यो हो, जुन फ्रिजमा नराख्दा चाँडै बिग्रन्छ,’ उनले भनिन् । उनले यसो भन्नुको अर्थ, बिनाप्याकेटको गाई वा भैँसीको दूध हो । यी दूधमा कुनै रसायन हुँदैन र फ्रिजमा नराख्दा चाँडै बिग्रन्छ । तपाईँसँग बेसार हालेको दूध बनाउन डेरीवाला दूध छैन भने स्थानीय गाईको दूध वा बदाम, ओट, वा सोया दूधले पनि काम चलाउन सकिन्छ ।
कुन बेसार सबैभन्दा राम्रो ?
बेसार छनोट गर्दा धेरै केही पनि हेर्नु नपर्ने रुजुता बताउँछिन् । बेसार जुन ब्रान्डको भए पनि हुन्छ । तर यसको गुणस्तर राम्रो छ भन्ने सुनिश्चितचाहिँ गर्न उनले भनेकी छन् । तपाईँसँग प्राकृतिक वा जैविक बेसार छ भने अझै राम्रो । केराको रूखको छायामुनि उब्जाइएको बेसार सबैभन्दा गुणकार मानिने उनले बताइन् ।
दूधमा कति हाल्ने बेसार ?
धेरै पर्दैन । एक गिलास तातो दूधमा एक चिम्टी मात्रै बेसार हाले हुन्छ । यति बेसारले तपाईँलाई तौल घटाउन मद्दत गर्न सक्छ ।
दूध बनाउने विधि:
- १ कप दूध (गाईको वा बदाम, ओट वा सोया मिल्क जे भए पनि हुन्छ ।)
- १/२ चम्चा बेसारको धुलो
- एक चिम्टी कालो मरिच
- १/२ चम्चा घिउ वा नरिवलको तेल (वैकल्पिक)
- १/२ चम्चा मह वा सक्खर (वैकल्पिक)
- दालचिनीको सानो टुक्रा वा १/४ चम्चा दालचिनीको धुलो (वैकल्पिक)
- दूधलाई एउटा भाँडोमा हाल्नुहोस् र कम आँचमा आगोमा तताउन राख्नुहोस् ।
- यसमा बेसारको धुलो, कालो मरिच र दालचिनी हाल्नुहोस् अनि राम्रोसँग मिलाउनुहोस् ।
- यसलाई लगभग ३–५ मिनेटसम्म उमाल्न दिनुहोस् ताकि सबै सामानका स्वादहरू राम्ररी एक आपसमा मिसिऊन् ।
- आगो बन्द गर्नुहोस् । जब दूध केही चिसो हुन्छ, यसमा मह वा सक्खर हाल्नुहोस् । दूध धेरै नै तातो छ भने यी दुई चिज मिसाउनु हुन्न । दूध फाट्न सक्छ ।
- यो दूधलाई कपमा खन्याउनुहोस् र पिउनुहोस् ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि अनलाइनबाट तयार पारिएको हो । यो योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण