जेनजीहरुलाई बाबुरामको सुझाव–निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युवा पुस्तालाई निर्वाचनमार्फत देशको नेतृत्व लिन सुझाव दिए।
- उनले मतदाता सूचीमा नाम दर्ता गर्न र नागरिकता र भोट हाल्ने उमेर एउटै बनाउन आग्रह गरे।
- भट्टराईले निर्वाचनमा उम्मेदवार बन्ने उमेर घटाउनुपर्ने विचार व्यक्त गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्न उनले सुझाएका छन् ।
'देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरूले पछुताउनुपर्ने स्थिति आउन सक्छ', उनले भनेका छन् ।
सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ वर्ष गर्नु राम्रो र सहज हुने पनि उनले बताएका छन् । निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वा २१ वर्ष कायम गर्न आवश्यक रहेको डा. भट्टराईले बताए ।
अन्यथा पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन 'जसको विहा उसैलाई नजिक नल्या' भन्ने लोकोक्ति जस्तो हुने भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण