‘मन बिनाको धन’ सेन्सर पास
सारांश
- आगामी शुक्रबार प्रदर्शन हुने फिल्म 'मन बिनाको धन' सेन्सर पास भएको छ र 'युनिभर्सल' सर्टिफिकेट प्राप्त गरेको छ।
- फिल्ममा अशोक दर्जी, सरोज खनाल, र नीता ढुंगाना लगायतका कलाकारहरूको अभिनय रहेको छ, र यो सामाजिक विषयवस्तुमा आधारित छ।
- टंक बुढाथोकीले अशोक दर्जीको जीवन परिवर्तन गरेको कथालाई लिएर फिल्म बनाइएको छ, जसको निर्देशन उनैले गरेका हुन्।
काठमाडौँ । आगामी शुक्रबार (कात्तिक २१)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन बिनाको धन’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्म हेर्दै सोमबार ‘यूनिभर्सल (सबैले हेर्न मिल्ने)’ सर्टिफिकेट दिएको छ । सेन्सरले फिल्मका विषयवस्तु राम्रो भएको भन्दै फिल्मलाई सफलताको शुभकामना समेत दिएको निर्देशक टंक बुढाथोकीले बताए ।
फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
बाटोमा गीत गाउँदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौंमा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस फिल्म सामाजिक विषयवस्तुमा बनेको हो ।
टंक बुढाथोकीकै निर्माण समेत रहेको फिल्मको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवं अधिकारीले लेखेका छन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्म विष्णुमाया मैनालीले बनाएकी हुन् । फिल्मको कार्यकारी निर्मातामा सपना शर्मा (सपना), सह निर्माता जी.पी संग्रोला, बिबेक नेपाल र विजया पाण्डे रहेका छन् ।
फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेले मिलेर वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण