बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घुसपैठ भयो भने युद्धविराम सकिनेछ पाकिस्तान

मङ्गलबार, १८ कात्तिक २०८२, १० : ४४
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • पाकिस्तानले अफगानिस्तानबाट घुसपैठ भए युद्धविराम तोडिने चेतावनी दिएको छ।
  • पाकिस्तानी सेनाका अनुसार, अफगानिस्तान र पाकिस्तानबीचको द्वन्द्वमा २०६ अफगान लडाकु मारिएका छन्।
  • पाकिस्तानले अफगानिस्तानलाई आतङ्ककारीहरू विरुद्ध कारबाही गर्न वा सुम्पन आग्रह गरेको छ।

इस्लामवाद । अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ भयो भने युद्धविराम समाप्त भएको मानिने पाकिस्तानले बताएको छ । अफगानिस्तानको तर्फबाट हुने त्यस्तो कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले सोमबार पत्रकारहरूलाई भनेका हुन् । 

बीबीसी उर्दूका अनुसार, पाकिस्तान र अफगानिस्तान बिचको द्वन्द्वमा २०६ अफगान तालिबान लडाकु र अतिवादी सङ्गठन तहरीक–ए–तालिबान पाकिस्तानका ११० लडाकु मारिएका छन् ।

“हामी जहिले पनि आतंकवादसँग लडिरहेका छौँ ।’ शरीफले भने । विभिन्न सरकारको पाला अफगानिस्तानको आधिकारिक भ्रमणको विवरण साझा गर्दै उनले भने, “हामी सरकारसँग कुरा गर्छौँ तर कुनै पनि अतिवादी समूहसँग कुराकानी गर्ने छैनौँ ।’ सुरक्षा कसैसँग मागेर वा कसैलाई खुसी बनाएर नपाइने पनि शरीफले बताए ।

पाकिस्तानलाई आफ्नो रक्षा गर्ने अधिकार भएको अनि कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथमा जवाफ दिइने उनको भनाइ छ अफगान तालिबानले कतार र टर्कीलाई मध्यस्थकर्ताको भूमिका खेल्न अनुरोध गरेको पनि उनले बताए । यी वार्ताहरूको बेलामा पाकिस्तानले अफगानिस्तानको भूमिकाबाट पाकिस्तानमाथि भएका आक्रमणहरू र अतिवादी गतिविधिहरूको बारेमा अकाट्य प्रमाणहरू प्रस्तुत गरेको उनको दाबी थियो ।

“हामीले अफगानिस्तानलाई आतङ्ककारीहरू विरुद्ध कारबाही गर्न वा हामीलाई सुम्पन आग्रह गरेका छौँ ताकि हामी उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकौँ’ उनले भने । महिलाहरूलाई शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्ने अफगान तालिवानको विचारधाराको पनि उनले आलोचना गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप