सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

नीरजको 'आकाशैको छड्के पानी'मा सबिनाको अभिनय

मङ्गलबार, १८ कात्तिक २०८२, ११ : ३२
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • गायक नीरज नकर्मीको गीत 'आकाशैको छड्के पानी' सार्वजनिक भएको छ, जसमा प्रेम र महिलाको सौन्दर्यको बयान छ।
  • गीतमा राजेन्द्र वाइबाको सङ्गीत संयोजन, महेश्वर मान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको छ।
  • सबिना राउतको मुख्य अभिनय रहेको भिडियोमा निर्मल श्रेष्ठ, देविका गौतम लगायतका कलाकारको अभिनय छ।

काठमाडौँ । गायक तथा सङ्गीतकार नीरज नकर्मीको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘आकाशैको छड्के पानी’ सार्वजनिक भएको छ ।

राजेन्द्र वाइबाको सङ्गीत संयोजन रहेको गीतमा महेश्वर मान राजभण्डारीको मिक्सिङ र मास्टरिङ छ । गीतले पहिलो भेटको आकर्षण, एकतर्फी प्रेम र महिलाको सौन्दर्यको बयान गरेको छ ।

सबिना राउतको मुख्य अभिनय रहेको गीतको भिडियोमा निर्मल श्रेष्ठ, देविका गौतम, प्रमोसन महतरा, धना माया थापा, इन्दिरा केसी, सरिता महर्जन, सैलेश राना मगर, जलदीप रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

देविका गौतमको कोरियोग्राफी रहेको भिडियो कमल प्रजापतिले निर्देशन तथा सम्पादन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप