प्रहरी दमनको विरोधमा जनकपुरको सुनचाँदी बजार बन्द, व्यवसायी आन्दोलित
सारांश
- धनतेरसको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा छापा मार्दा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै जनकपुरधाममा आन्दोलन भएको छ।
- प्रहरीले सुनचाँदी पसलमा छापा मार्दा व्यापारी र प्रहरीबीच झडप हुँदा उद्योग वाणिज्य संघका अध्यक्ष घाइते भएका छन्।
- आन्दोलनकारीहरूले बजार बन्द गरी विरोध र्याली निकालेका थिए, भने प्रहरीले बल प्रयोग गरेको आरोप लगाएका छन्।
जनकपुर। धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ। संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलन गरेको हो।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन र कुटपिटको विरोधमा जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरूले दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन्।
जनकपुरधामका व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म आ-आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी विरोध जनाएका छन्। त्यस्तै, जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा नगरमा व्यापारीहरूले विरोध र्याली समेत निकालेका थिए। यसअघि संघको आह्वानमा व्यापारीहरूले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर र कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी तीन दिनसम्म विरोध जनाएका थिए।
- के भएको थियो घटना?
धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा सुनचाँदी बजारमा छापा मारेको थियो। छापा मार्ने क्रममा एक पसलबाट प्रहरीले सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए।
व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाउँदै प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा प्रहरीको कुटाइबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण