आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जोनाथन बेली विश्वकै कामुक पुरुष घोषित

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ३६
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • अमेरिकी पत्रिका पिपल म्यागजिनले अभिनेता जोनाथन बेलीलाई 'सेक्सियष्ट म्यान अलाइभ' घोषणा गरेको छ।
  • बेली 'विक्ड' र 'ब्रिजर्टन' स्टार हुन् र यो उपाधि जित्ने पहिलो गे व्यक्ति हुन्।
  • बेलीले यसलाई जीवनभरको सम्मानको रूपमा लिएका छन् र पत्रिकाले उनको कभर फोटो छापेको छ।

न्यूयोर्क । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनले विश्वकै कामुक पुरुष घोषणा गरेको छ ।

 हरेक वर्षझैँ यस वर्ष पनि पत्रिकाले अभिनेता जोनाथन बेलीलाई ‘सेक्सियष्ट म्यान अलाइभ’ (कामुक पुरुष) घोषित गरेको छ ।  ‘विक्ड’ र ‘ब्रिजर्टन’ स्टार बेली यो उपाधि पाउने पहिलो गे हुन् । आफू ‘सेक्सियष्ट म्यान अलाइभ’ घोषित भएपछि बेलीले यसलाई ‘जीवनभरको लागि सम्मान’ बताएका छन् । 

यो उपाधी घोषित गर्दै पत्रिकाले एउटा कभरमा बेलीको तस्बिर छापेको छ । अर्को कभर फोटोमा भने बेलीको साथमा उनको कुकुर बेन्सनको पनि तस्बिर राखिएको छ ।

 ‘सेक्सियष्ट म्यान अलाइभ’ छान्दा पत्रिकाले कुनै व्यक्तिको रूपरंग मात्र हेरेर मूल्याङ्कन नगर्ने पिपलका सम्पादकहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप