बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कालीगण्डकीले बगाएका किशोर एक सातादेखि बेपत्ता

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ४१
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • स्याङ्जा र पाल्पाको सिमानामा रहेको राम्दीमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
  • कैलालीका १५ वर्षीय बखत शाही गत बुधबार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ, उनको खोजी कार्य जारी छ।
  • साथीहरूसँग पोखरा घुम्न गएका शाही पौडी खेल्ने क्रममा नदीमा डुबेका थिए, उनको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

स्याङ्जा। स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन्।

गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा बगेर कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीले उनको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।

कैलालीबाट साथीहरूसँगै पोखरा भ्रमणमा आएका शाही र सोही ठाउँका १६ वर्षीय बिराज न्यौपाने पौडी खेल्न कालीगण्डकी नदीमा पसेका थिए। पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो। बग्दै गरेको अवस्थामा न्यौपानेलाई भने सकुशल उद्धार गरिएको थियो।

बुधबार बिहानदेखि कालीगण्डकी नदीमा बेपत्ता भएका शाहीको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी तथा आफन्तजनको सक्रियतामा खोजी कार्यलाई तीव्रता दिइएको डिएसपी चौधरीले बताए। सशस्त्र प्रहरी बलको तालिम प्राप्त समूहले 'र्‍याफ्टिङ बोट' को सहायताले घटनास्थल तथा त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप