जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले भन्यो – जवानदेखि आईजीपीसम्म त्यस दिन फिल्डमै थिए
सारांश
- जेनजी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठित आयोगलाई प्रहरी प्रधान कार्यालयले सबै प्रहरी फिल्डमा भएको जवाफ पठायो।
- आयोगले २४ घण्टाभित्र विवरण उपलब्ध गराउन र बयानमा सहयोग गर्न पुनः पत्र पठायो, जसमा सुरक्षाकर्मीको विवरण माग गरिएको छ।
- आयोगले २३ र २४ गते खटिएका प्रहरी, तत्कालीन प्रमुख जिल्ला अधिकारी, गृहमन्त्री र प्रधानमन्त्रीसम्मको बयान लिने तयारी गरेको छ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले प्रहरी जवानदेखि आईजीपीसम्म सबै प्रहरी फिल्डमा भएको जवाफ पठाएको छ ।
प्रहरीले सबै फिल्डमा भएको जवाफ पठाएपछि आयोगले पुनः २४ घण्टाभित्र सबै विवरण उपलब्ध गराई बयानमा सहयोग गरिदिन भनी पत्र पठाएको छ ।
२३ र २४ गते अलग-अलग बयान लिनुपर्ने र तत्कालीन समयमा माइतीघर मण्डलदेखि तीनकुनेसम्म खटिएका सुरक्षाकर्मीको विवरण र अन्य फिल्डमा खटिएकाहरूको छुट्टै विवरण पठाउन पुनः पत्राचार गरिएको जाँचबुझ आयोगका एक सदस्यले जानकारी दिए ।
आयोगले बयान लिने र सूचना संकलन गर्ने कार्य अघि बढाइरहेका बेला दुई दिनको प्रदर्शनमा फिल्डमा खटिएका सुरक्षा निकायका जवानदेखि फिल्ड अधिकृतसम्मको विवरण पठाउन भन्दै पत्राचार गरेको थियो ।
प्रहरी प्रधान कार्यालयबाट पत्र प्राप्त भएपछि भदौ २३ र २४ मा संलग्न प्रहरी अधिकारीमाथि बयान थाल्ने आयोगले जनाएको छ ।
आयोगले पहिलो चरणमा फिल्डमा खटिएका प्रहरीहरूसँग २३ गते कसरी गोली चल्ने अवस्था सिर्जना भयो र २४ गते कसरी तोडफोडमा मोडियो भनी बयान लिने तयारी गरेको छ ।
त्यसपछि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीहरू, गृह सचिव, गृहमन्त्री रमेश लेखक हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण