कांग्रेस केन्द्रीय समिति बैठक
थापाको काउन्टरमा यादवले प्रस्तुत गरे अर्को तालिका
मङ्गलबार, १८ कात्तिक २०८२, १५ : २३
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका पेस गरे।
- सहमहामन्त्री महेन्द्र यादवले महामन्त्री थापाको प्रस्तावको काउन्टरमा अर्को कार्यतालिका पेस गरे।
- थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेकोमा यादवले चैत २७ देखि २९ गतेसम्मको प्रस्ताव राखे।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाको काउन्टरमा अर्को कार्यतालिका पेस भएको छ । संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले अर्को कार्यतालिका पेस गरेका हुन् ।
महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । सहमहामन्त्री यादवले त्यसको काउन्टरमा आगामी वैशाख* २७ देखि २९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गरे ।
थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन सुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेस गरेका थिए ।
सहमहामन्त्री यादवले भने चैतमै वडादेखि केन्द्रसम्मको अधिवेशन सक्ने कार्यतालिका पेस गरेका हुन् ।
*सच्याइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण