कांग्रेसमा दुई महाधिवेशन कार्यतालिका : कसकोमा कुन अधिवेशन कहिले ?
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी दुई कार्यतालिका पेस भएका छन् । महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने छुट्टाछुट्टै कार्यतालिका पेस गरेका हुन् ।
महामन्त्री थापाले पेस गरेको कार्यतालिकामा क्रियाशील सदस्यता वितरण र नयाँ सदस्यता वितरण आगामी मङ्सिर १० गतेसम्म गर्ने, मङ्सिर १० देखि २० गतेसम्म क्रियाशील सदस्यता छानबिन गर्ने उल्लेख छ । त्यस्तै त्यो क्रियाशील सदस्यताको विवरण मङ्सिर २४ गते पार्टीको निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मङ्सिर २७ गते वडा अधिवेशन गर्ने उल्लेख छ । पुस ५ गते क्षेत्रीय अधिवेशन गर्ने र पुसको १६ देखि १९ गतेसम्म १५ औ केन्द्रीय महाधिवेशन गर्ने थापाको कार्यतालिकामा उल्लेख छ ।
यता सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिकामा मङ्सिर २० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण गर्ने उल्लेख छ । पुस २० गतेसम्म क्रियाशील सदस्यता छानबिन सम्पन्न गरी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने यादवको कार्यतालिकामा उल्लेख छ ।
चैत्र १ गते वडा अधिवेशन गर्ने, चैत्र ५ गते पालिका अधिवेशन गर्ने, चैत्र १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने, चैत्र २० गते संघीय क्षेत्रीय अधिवेशन गर्ने, चैत्र ३० गते जिल्ला अधिवेशन गर्ने र वैशाख १५ गते सात प्रदेशको अधिवेशन गर्ने उल्लेख छ । वैशाख २७–३० गते १५ औ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ ।
कांग्रेसमा महाधिवेशनको मितिबारे विवाद छ । त्यो विवाद केन्द्रीय कार्यसमितिमा कार्यतालिका प्रस्तुत गर्ने बेलामा पनि देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण