बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको निधन

मङ्गलबार, १८ कात्तिक २०८२, २० : २३
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। सन् २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्लु बुसको उपप्रमुख रहेका रिपब्लिकन नेताको निधनको घोषणा मंगलबार उनको परिवारले एक विज्ञप्ति जारी गर्दै गरेको हो ।

पारिवारिक विज्ञप्तिअनुसार निमोनिया तथा मुटु र रक्तनलीको रोगसम्बन्धी जटिलताका कारण उनको निधन भएको हो ।

‘उहाँसँगै उहाँकी प्रिय पत्नी लिने, छोरीहरू लिज र मेरी तथा परिवारका अन्य सदस्यहरू हुनुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ। परिवारले उनलाई ‘महान् र असल व्यक्ति’ को रूपमा स्मरण गरेको छ ।

यद्यपि, चेनी अमेरिका र विश्वभरका धेरैका लागि एक अत्यन्तै विवादास्पद राजनीतिक व्यक्तित्व थिए। उनले बुस प्रशासनको तथाकथित ‘आतंकवादविरुद्धको युद्ध’ र इराकमा भएको आक्रमण लाई नेतृत्व गर्न उपराष्ट्रपतिको पदको सीमाहरूलाई विस्तार गरेका थिए । 

सन् २००३ को युद्धअघि चेनी इराकको कथित सामूहिक विनाशकारी हतियारको खतराको बारेमा चेतावनी दिने बुस प्रशासनका सबैभन्दा मुखर अधिकारीहरूमध्ये थिए। तर, पछि त्यस्ता हतियारहरू फेला परेका थिएनन् ।

यद्यपि, चेनीले तत्कालीन गुप्तचर जानकारीको आधारमा आक्रमण सही निर्णय भएको र यसले इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताबाट हटाउन सफल भएको तर्क गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप