जेनजी फ्रन्टद्वारा एन्फा नेतृत्वको राजीनामा माग
सारांश
- एन्फा र 'ए' डिभिजन क्लबहरूबीचको सहमतिप्रति नेपाल जेनजी फ्रन्टले एन्फा नेतृत्वको राजीनामा माग गरेको छ।
- जेनजी फ्रन्टले एन्फाको निर्णयलाई नेपाली फुटबलको भविष्यमाथि 'खुला हमला' र एन्फाको 'अधोगति' को संज्ञा दिएको छ।
- फ्रन्टले एन्फा नेतृत्वले पदीय दायित्व पूरा नगरेको र फुटबलमा भ्रष्टाचार गरेको आरोप लगाउँदै राजीनामाको माग गरेको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबिच यस वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ए’ डिभिजन लिग आयोजना गर्ने भनी भएको सहमतिप्रति नेपाल जेनजी फ्रन्टले गम्भीर ध्यानाकर्षण जनाउँदै एन्फा नेतृत्वको नैतिक आधारमा राजीनामा माग गरेको छ।
फ्रन्टले एन्फाको यो निर्णयलाई नेपाली फुटबलको भविष्यमाथि गरिएको ‘खुला हमला’ र एन्फाको ‘अधोगति’ को संज्ञा दिएको छ।
जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमको नेतृत्वमा रहेको नेपाल जेनजी फ्रन्टको सूचना सञ्चार समितिद्वारा यतिब ओझाले जारी गरेको प्रेस विज्ञप्तिमा एन्फा नेतृत्वले पदीय दायित्व पूरा गर्न नसकेको, पदको दुरुपयोग गरेको र समग्र फुटबलमाथि भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा नेपाली फुटबल लिग संरचना, विशेषगरी ‘ए’, ‘बी र ‘सी डिभिजनका लिगहरूलाई फुटबलको मेरुदण्डको रूपमा चित्रण गरिएको छ। यी लिगहरू खेलाडीका सपना र फुटबलप्रेमी नेपाली दर्शकको आत्मा भएको फ्रन्टको भनाइ छ। तर, एन्फाको पछिल्लो निर्णयले यी लिगहरूलाई वर्षौँसम्म रोक्ने हुँदा सम्पूर्ण खेलकुदप्रेमी नेपालीहरूलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।
नेपाल जेनजी फ्रन्टले एन्फा नेतृत्वमाथि नेपाली फुटबललाई निरन्तर कमजोर बनाउने, खेलाडीको भविष्यमाथि खेलबाड गर्ने, समयमै लिग आयोजना गर्न नसकी खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाउने जस्ता आरोपहरू लगाएको छ। यी कार्यहरूले एन्फा नेतृत्वको नैतिकतामाथि प्रश्न चिह्न खडा गरेको भन्दै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरिएको छ।
फ्रन्टले समस्त नेपाली फुटबल समर्थकहरूलाई अब चुप लागेर नबस्न आह्वान गर्दै एन्फाको फुटबल विरोधी निर्णयविरुद्ध आवाज बुलन्द गर्न र नेपाली फुटबल बचाउन एकजुट हुन आग्रह गरेको छ। फ्रन्ट सधैँ खेल र खेलाडीको पक्षमा रहेको प्रतिबद्धता पनि व्यक्त गरेको छ।
स्मरण रहोस्, एन्फा र ‘ए’ डिभिजन क्लबहरूबिच भएको उक्त सहमतिप्रति फुटबल खेलाडी, प्रशिक्षक र समर्थकहरूबाट सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक आलोचना भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण