रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै
बुधबार, १९ कात्तिक २०८२, ०६ : ५२
सारांश
- नेकपा एसका नेता रामकुमारी झाँक्रीसहितको समूहले एमालेमा फर्किने घोषणा गर्दैछ।
- पूर्वमन्त्री किसान श्रेष्ठका अनुसार, समूहले आज बिहान पत्रकार सम्मेलन गर्दैछ।
- माओवादी केन्द्रसहितका ९ दलले आज 'नेपाल कम्युनिस्ट पार्टी' घोषणा गर्दैछन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।
‘हामी एमालेमा फर्कने समूहमा रहेकाहरूको पत्रकार सम्मेलन हुँदैछ,’ श्रेष्ठले भने । आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर 'नेपाल कम्युनिस्ट पार्टी' घोषणा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण