शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड
बुधबार, १९ कात्तिक २०८२, १० : १३
सारांश
- एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्थाका लागि शान्ति र न्यायको मार्गमा जोड दिए।
- बेइजिङमा आयोजित समाजवादी फोरममा उनले प्रभुत्व र एकाधिकारविरुद्ध सहभागिताको बाटो खोज्नुपर्ने बताए।
- उनले नेपालमा 'जनताको बहुदलीय जनवाद' लाई एमालेले अँगालेको र चिनियाँ समाजवादी यात्राको प्रशंसा गरे।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उनले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध तथा एकाधिकारविरुद्ध सहभागिताको मार्ग पहिल्याउन आवश्यक भएको बताए ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेका बेलासमयको परिवर्तनलाई पहिचान गर्दै नेपालमा जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले अँगालेको जानकारी नेता रिजालले दिए । साथै उनले चिनियाँ विशेषतासहितको समाजवादी यात्राको सराहना गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण