जन्मदेव जैसीद्वारा प्रचण्डलाई सदस्यता फिर्ता गरेको घोषणा
बुधबार, १९ कात्तिक २०८२, १० : ४२
सारांश
- नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य जन्मदेव जैसीले सदस्यता फिर्ता गरे।
- माओवादी र एकीकृत समाजवादी सहित ९ दलको एकता घोषणासँगै जैसीले सदस्यता त्यागेका हुन्।
- जैसीले फेसबुकमार्फत प्रचण्डलाई सम्बोधन गर्दै 'दर्ज्यानी पद' फिर्ता गरेको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य जन्मदेव जैसीले सदस्यता फिर्ता गरेको घोषणा गरेका छन् ।
माओवादी, एकीकृत समाजवादी सहित ९ दलले आज एकता घोषणा गर्न लागेसँगै जैसीले सदस्यता फिर्ता गरेको घोषणा गरेका हुन् । जनपक्षीय श्रमजीवी पत्रकारहरूको हक हितमा सक्रिय रहेका उनले बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत संयोजक प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो ‘दर्ज्यानी पद’ प्रचण्ड कमरेड तपाईंनै राख्नोस् भनेर फिर्ता गरियो ।’
हिजो पार्टीबाट अलग भएका सचिवालय सदस्य राम कार्कीले पनि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेताले दिएको दर्ज्यानी पद त्यागेर आएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण