नेपाल–भारत ऊर्जा बैठक : नेपालले बिजुली निर्यात गर्न सक्ने क्षमता विस्तार
सारांश
- नेपाल-भारतको संयुक्त प्राविधिक टोलीको बैठक पोखरामा सम्पन्न भयो, जसमा विद्युत आदानप्रदानबारे छलफल भयो।
- बैठकमा नेपालले अब १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने सहमति भयो।
- चमेलिया-जौलजिवी र निजगढ-मोतिहारी प्रसारण लाइन निर्माणबारे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सहमति भयो।
पोखरा । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औँ बैठक कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) का प्रमुख इन्जिनियर भगवान् सहाय बैरवाको सहअध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा दुई देशबिचको विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो। बैठकमा विभिन्न सहमितहरु पनि भएका छन् ।
बैठकका मुख्य सहमतिहरू निम्न छन् :
निर्यात क्षमतामा वृद्धि : ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सीतामढी लाइनमार्फत विद्युत् आदानप्रदान क्षमताको पुनर्मूल्याङ्कन गरिएको छ । जसअनुसार नेपालले अब नेपालबाट १,५०० मेगावाटसम्म विद्युत् निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ।
चमेलिया–जौलजिवी प्रसारण लाइन : २२० केभीको यो प्रसारण लाइनको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको छ। दुवै देशले यो लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनेछन्।
नयाँ बुटवल–गोरखपुर लाइन : ४०० केभीको नयाँ बुटवल–गोरखपुर लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ। यसबाट आयात(निर्यात क्षमता निर्धारण गर्न उत्तर प्रदेश ट्रान्समिसन कम्पनीसँग १५ दिनभित्र थप बैठक बस्नेछ।
निजगढ–मोतिहारी लाइन : ४०० केभी डबल सर्किट लाइनको डीपीआर तयारीका लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र त्यसपछि संयुक्त डीपीआर तयार गर्ने सहमति भएको छ।
प्रसारण लाइनको स्तरोन्नति : ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइनको कन्डक्टर बदल्ने काममा उच्च तापक्रम सहन सक्ने (एचटीएलएस) प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अगाडि बढाउने सहमति भएको छ।
यसैगरी, रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ केभी लाइनहरूको क्षमता अभिवृद्धि गर्न पनि कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्ने विषयमा संयुक्त अध्ययन गरिने भएको छ।
यो सहमतिले नेपालको जलविद्युत निर्यातका लागि आवश्यक पूर्वाधार निर्माण र दुई देशबिचको ऊर्जा व्यापारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण