सुन र चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, १९ कात्तिक २०८२, १० : ५९
सारांश
- आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु. १ हजार १०० ले घटेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आएको छ, हिजोको तुलनामा आज तोलामा रु. २५ ले कमी आएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य घटेको हो।
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १ हजार १०० ले घटेको छ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा रु. २ लाख ३७ हजार २०० निर्धारण गरिएको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा रु. २ लाख ३८ हजार ३०० थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। हिजो तोलामा रु. ३ हजार १५ मा कारोबार भएको चाँदी आज तोलामा रु. २ हजार ९९० मा झरेको छ, जसअनुसार चाँदीमा रु. २५ ले कमी आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण