मण्डला थियटरमा मंगलबारबाट 'मिलारेखा'
सारांश
- थापागाउँस्थित मण्डला थिएटरमा मंगलबारबाट नाटक 'मिलारेखा' मञ्चन सुरु भएको छ।
- नाटक ११औँ शताब्दीका बौद्ध योगी मिलारेपाको जीवन कथामा आधारित छ, जसले आत्मरूपान्तरणको यात्रा देखाउँछ।
- यो नाटक आगामी मङ्सिर २१ गतेसम्म चल्नेछ, जसमा रुपेश लामा मिलारेपाको भूमिकामा छन्।
काठमाडौँ । थापागाउँ स्थित मण्डला थिएटर मंगलबारबाट नाटक ‘मिलारेखा’को मञ्चन सुरु भएको छ । कलाकार बुद्धि तामाङ र उमेश तामाङको परिकल्पना र निर्देशनमा मञ्चन सुरु भएको नाटक एक महिना चल्नेछ ।
नाटक ११औँ शताब्दीमा तिब्बतमा जन्मिएका सिद्ध कवि तथा बौद्ध धर्मका महान् तान्त्रिक योगी मिलारेपाको जीवनकथामा आधारित छ । एक साधारण मानिसले कसरी तान्त्रिक शक्ति सम्पन्न योगी मिलारेपाका रूपमा आत्मरूपान्तरणको अद्भुत यात्रा तय गर्छ भनेर बिषयबस्तु प्रस्तुत गर्छ । नाटकमा मिलारेपाले आफ्ना पाप र गल्तीहरूबाट पश्चात्ताप गर्दै ज्ञानप्राप्तिको शिखरसम्मको गहन आध्यात्मिक यात्रा देखाउने बताइन्छ ।
जीवनीको नाट्य रुपान्तरण रबिन तामाङले गरेका हुन् । नाटकले तान्त्रिक साधना यात्राको प्रेरणादायी कथा १ घण्टा ४५ मिनेटमा देखाउनेछ । नाटक आगामी मङ्सिर २१ गतेसम्म चल्नेछ ।
नाटकमा मिलारेपाको भूमिकामा रुपेश लामा रहेका छन् भने अन्य कलाकारमा रमिला मोक्तान, विकास लामा, सानुमाया तामाङ, रस्मिला तामाङ, रिया लामा, विजय तामाङ, बलबहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुष्कर कार्की, विश्व स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदीप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन कुमार गोले, सबिता तामाङको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण