गैरआवासीय नेपाली संघमा बृहत एकता : आगामी जनवरीमा १२औं महाधिवेशन प्रस्ताव
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभाजन अन्त्य गर्दै संघलाई पुनः एकीकृत बनाउने योजना बनाएको छ।
- डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त संयोजकत्वमा १२औं महाधिवेशन आयोजना गरिनेछ।
- संघले सदस्यता प्रक्रियामा पारदर्शिताका लागि एमआईएस प्रणाली प्रयोग गर्ने र मुद्दाहरू आपसी सहमतिमा टुंग्याउनेछ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभाजन अन्त्य गर्दै संघलाई पुनः एकीकृत बनाउने उद्देश्यसहित ‘बृहत एकताको अवधारणा’ कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ। हाल संघमा डा. बद्री केसी र महेश श्रेष्ठको दुई कार्यसमिति रहेको छ ।
सोहीअनुसार २०२५ नोभेम्बर २ मा बसेको केसीपक्षीय कार्यसमितिको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११०औं बैठकले आफ्नो ८ बुँदे अनुमोदन गरेको छ ।
संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिअनुसार, केसी पक्षको प्रस्तावमा आपसी सहअस्तित्व स्वीकार्दै आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने उल्लेख छ। उक्त महाधिवेशन पारदर्शी र विश्वासयोग्य ढंगले सम्पन्न गर्न डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त संयोजकत्वमा सबै पक्षका प्रतिनिधि समावेश गरी स्टेयरिङ समिति गठन गरिने छ। सो समितिले निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधि व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्नेछ।
संघले सदस्यता प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न एमआईएस प्रणालीमार्फत थप एक महिनाको लागि सदस्यता आव्हान गर्ने जनाएको छ। साथै, १२औं महाधिवेशनमा सबै पक्षका व्यक्तिहरूलाई प्रतिनिधिको रूपमा सहभागी गराउने व्यवस्था हुनेछ।
बृहत एकताको अवधारणाअनुसार, १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी ३०, ३१ र फेब्रुअरी १ मा सम्पन्न गरिने प्रस्ताव छ। यसै गरी विगतका १०औं र ११औं महाधिवेशनका सन्दर्भमा बनेका विभिन्न कार्यसमितिहरू अभिलेखिकरण गरिने उल्लेख गरिएको छ।
विज्ञप्तिमा एनआरएनको वैधानिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू आपसी सहमतिबाट समाधान गर्ने र कुनै विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा टुंग्याउने उल्लेख छ।
यसअघि श्रेष्ट नेतृत्वको कार्यसमितिले पनि एकताका लागि ९ बुँदे प्रस्ताव पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण