‘हाम्रा छोराहरूका हत्याराले उन्मुक्ति नपाऊन्’
सारांश
- बाँके र अर्घाखाँचीका युवाहरू जेनजी आन्दोलनको क्रममा मारिए, परिवार शोकमा छन्।
- मृतकका परिवारले सरकारसँग क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन्।
- सरकारले मृतकलाई शहीद घोषणा गरे पनि परिवारहरू गोली हान्नेमाथि कारबाही चाहन्छन्।
बुटवल । बाँके नेपालगन्ज उपमहानगरपालिका–१ का धम्बोझीका ४५ वर्षीय सुशील थापाका १९ वर्षीय छोरा आयुषको भदौ २३ जेनजी आन्दोलनको क्रममा मृत्यु भयो ।
आयुष सुशीलका एक्ला छोरा थिए, फ्रान्स जाने अन्तिम तयारीमा गर्दागर्दै गोली लागेर ढले । धन कमाएर परिवारको आर्थिक अवस्था मजबुत बनाउने आयुषको परिवार अहिले विक्षिप्त अवस्था छ ।
आयुषका बुवा एक वर्षदेखि बेरोजगार छन् । स्थानीय बस समितिका कर्मचारी रहे पनि उनी अहिले भने जागिरको खोजीमा थिए ।
छोरालाई फ्रान्स पठाउन उनले त्यहाँको कलेजमा फीसमेत जम्मा गरिसकेका थिए । ‘२३ गते हत्या भयो, बाँचेको भए ३० गतेसम्म छोरा उता पुगिसक्थ्यो,’ केही सम्हालिँदै उनले भने । छोरो नै नरहेपछि अब उनको परिवारलाई बाँच्ने आधारको खाँचो छ, त्यसैले केही राहत भए पनि पाउने आशामा छन् उनी ।
‘मेरो साथ दिने छोरा थियो, त्यो पनि हत्या गरे,’ उनी भन्छन्, ‘अब हाम्रो परिवार कसैलाई क्षमता र योग्यताअनुसार रोजगारी दिए हुन्थ्यो ।’
आयुषको परिवारमा उनका बुवा, आमा र दिदी छन् ।
अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ फलामखिलीका १९ वर्षीय निर्मल सारु मगर पनि जेनजी आन्दोलनमा अस्ताए । भदौ २३ गते प्रहरीको गोली लागेर निर्मलको पनि मृत्यु भयो । काजकिरियाका लागि उनका बुवा चन्द बहादुर कतारबाट घर आएका थिए ।
चन्द्रबहादुर सात वर्षदेखि कतारमै थिए, निर्मल भने बीए अध्ययनरत । तर अब उनीसँग लक्काजवान छोरा छैन । र फेरि विदेश जाने तयारीमा छन् ।
‘केही वर्षपछि मलाई साथ दिने छोरो नै मर्यो, फेरि विदेश जानुपर्ने भयो,’ रुँदै चन्द्रबहादुर भन्छन् । निर्मलका १२ वर्षका भाइ र १० वर्षकी बहिनी छन् । उनीहरू आमासँग बस्छन् । भूमिकास्थानमै रहेको स्थानीय सरकारी विद्यालयमा कक्षा ७ र ५ मा पढ्छन् ।
चन्द्रबहादुरको पनि सुशीलको जस्तै माग छ । राज्यसँग छोराछोरीमध्ये एक जनालाई भए पनि सरकारले पढाउने जिम्मा लिइदिनुपर्ने उनले माग गरे । ३९ चन्द्रबहादुर भन्छन्, ‘हामी बुढाबुढीमध्ये एक जनालाई रोजगारी दिनुपर्छ, किनकि कमाउने उमेर हुन थालेका हाम्रो छोरो प्रहरीले गोली हानेर मारेको छ ।’
बाँके नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठले पनि जेनजी आन्दोजनमा ज्यान गुमाए । इन्जिनियरिङ सकेर थप अध्ययनका लागि बाहिर जाने तयारी गरिरहेका उनको २३ गते मृत्यु भयो ।
छोराले अन्तिम समयमा रगतले लेखेको ‘हाम्रो देश हामी परिर्वन गर्न चाहन्छौँ’ सम्झिँदै भने, ‘राज्य अब सुशासनतिर केन्द्रित हुनुपर्छ । बुवा नरेन्द्र स्थानीय एक निजी विद्यालयका सञ्चालकसमेत हुन् । व्यक्तिगत रूपमा आफ्नो परिवारलाई राज्यबाट अब केही नचाहिएको तर मुलक राम्रो बन्ने छोराको सपना पूरा भएको उनी देख्न चाहन्छन् ।
‘सहिद घोषणा भए पनि गोली हान्नेमाथि कारबाही हुनुपर्छ’
सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ, जसमा लुम्बिनी प्रदेशका पनि तीन जना छन् ।
सुलभराज, धम्बोझीकै आयुष, भूमिकास्थानका निर्मललाई सरकारले सहिद घोषणा गर्नुपर्ने उनीहरूका परिवारले माग गरेका छन् । पीडित परिवारलाई राहत रकम दिने काम भए पनि गोली हान्नेमाथि छानबिन र कारबाही नहुँदा तिनै परिवार दुःखी छन । उनीहरूले रातोपाटीसँग भने, ‘हत्या गर्नेमाथि कारबाही भए मनमा शान्ति मिल्थ्यो ।’
आफ्नो छोरालाई गोली हानेर मानुपर्ने कुनै कारण नै नभएको आयुषका बुबा सुशील बताउँछन् । ‘सरकारले सहिद घोषण, अरू जे गरे पनि मेरो मनले शान्ति पाउने भनेको गोली हान्नेलाई कारबाही गरेपछि हो,’ सुशील भन्छन् ।
त्यस्तै निर्मलका बुवा चन्द्रबहादुर पनि छोराको हत्यारालाई सरकारले छानबिन गरेर कारबाही गर्नु आफ्नो पहिलो माग भएको बताउँछन् । ‘हत्या गर्ने सानसँग बसिरहको छन्, हामी यस्तो पीडामा छौँ तिनलाई कारबाही नगरेसम्म मेरो छोराको आत्माले शान्ति पनि पाउँदैन,’ उनी दुखेसो पोख्छन् ।
सुलभका बुवा नरेन्द्र त सुरुदेखि नै हत्या गर्नेमाथि कारबाहीको माग गरिरहेको तर राज्य चुकेको बताउँछन् ।
‘सरकारले आन्दोलनमा दोषी भएकाहरू कारबाही नगरेसम्म सहिदको आत्माले शान्ति पाउँदैनन्,’ नरेन्द्र भन्छन्, ‘सहिद घोषण गर्नुभन्दा दोषीलाई कारबाही गर्दा हामी सन्तुष्ट हुने थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण