प्रचण्ड, झलनाथ, घनश्यामबिच एक घण्टा छलफल– राजनीतिक कार्यदिशा स्पष्ट भए सहकार्य गर्न सकिन्छ
सारांश
- प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र घनश्याम भुसालसँग पार्टी एकताको विषयमा छलफल गरे।
- खनालले राजनीतिक कार्यदिशा स्पष्ट भए सहकार्य गर्न सकिने बताए भने भुसालले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मार्गचित्र स्पष्ट पार्न आग्रह गरे।
- माओवादी केन्द्रसहित ९ दलबीच एकता घोषणा हुनुअघि प्रचण्डले छलफल गरेका हुन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ९ दलबिच एकता घोषणाअघि प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन् ।
प्रचण्ड निवासमा बिहान करिब एक घण्टा भएको छलफलमा एउटै पार्टीमा सहयात्रा गरेर जानेबारे प्रस्ताव गरेका थिए । जवाफमा राजनीतिक कार्यदिशामा प्रचण्ड स्पष्ट भए सँगै सहकार्य गर्न सकिने जवाफ दिएको खनालले बताए ।
‘छलफलका लागि प्रचण्डजीले बोलाउनुभएको थियो । उहाँले एउटै पार्टीमा सहकार्य गरौँ भन्नुभयो । मैले राजनीतिक कार्यदिशा ठिक भयो भने ठिक छ सहकार्य गर्न सकिन्छ भने । मार्क्सवाद र लेनिनवाद हाम्रो सैद्धान्तिक कार्यदिशा हो । द्वन्द्वात्मक भौतिकवाद हाम्रो वैचारिक कार्यदिशा हो । राजनीतिक कार्यदिशा के हो ? त्यो स्पष्ट छैन । कसका विरुद्ध लडेर समाजवादमा पुगिने हो ? साम्राज्यवादीसँग लड्ने हो कि ? दलाल पुँजीवादसँग लड्ने हो कि , त्यो स्पष्ट गरौँ । यति भएमा सहकार्य गर्न सकिन्छ मैले भने । एकछिनमा खबर गर्छु भन्नुभएको छ’, रातोपाटीसँग उनले भने ।
छलफलमा महासचिव भुसालले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका मार्गचित्र स्पष्ट पारे सहकार्य गर्न सकिने पुरानै अडान राखेको खनालले जानकारी दिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका ९ दलहरूबिच केही समयपछि एकता घोषणा हुँदै छ । त्यसअघि प्रचण्डले खनाल, भुसाल र एमालेका पूर्व उपाध्यक्ष भीम रावललगातसँग छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण