पार्टी पुनर्गठन गर्न भुसाल पक्षले मङ्सिरमा राष्ट्रिय भेला गर्ने
सारांश
- एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अध्यक्ष माधवकुमार नेपालको एकता प्रक्रिया त्रुटिपूर्ण रहेको बताए।
- उनले पार्टी पुनर्गठनका लागि मंसिरमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन्।
- भुसालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी पुनर्गठनको प्रयासमा लागेका छन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अध्यक्ष माधवकुमार नेपाल एकता प्रक्रियामा गएर त्रुटि गरेको बताएका छन् । साथै उनले आफ्नो समूहले कम्युनिस्ट पार्टी पुनर्गठन गर्न मङ्सिरमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् ।
अध्यक्ष नेपालसहित पार्टीको बहुमत पक्षले आजै माओवादी लगायतका पार्टीहरूसँग एकता गर्न लागेको अवस्थामा महासचिव भुसालले अलग्गै पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
भुसालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेता जीवनराम श्रेष्ठ लगायतका नेताहरू एकतामा नगई नेकपा एकीकृत समाजवादी पुनर्गठनको प्रयासमा छन् । उनले हरेक पार्टी फुट्ने भन्दै सबै पार्टी तीव्र अन्तरविरोध र विघटनको दिशामा रहेको बताए ।
‘यस्तो बेलामा हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपालले नजर अन्दाज गरेर एकतामा जानु भएको छ, त्यो एकता त्रुटिपूर्ण छ’, पत्रकार सम्मेलनमा भुसालले भने– ‘मान्छे धेरै नभएर होइन दुःख भएको होइन, कांग्रेस एमालेका कति मानिस थिए अस्ति के भयो ?’
भुसालले तथाकथित एकताको भ्रममा नपर्न, नेकपा एकीकृत समाजवादीको आ–आफ्नै हैसियतमा धैर्यताका साथ रहन, र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन् ।
साथै, उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् । ‘त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने छ’, भुसालले भने, ‘हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण