शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशन गरे महाभारतको चक्रव्यूहमा छिर्छौं : उदयशमशेर राणा

बुधबार, १९ कात्तिक २०८२, १४ : १५
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनबारे महाभारतको चक्रव्यूहमा फस्ने बताए।
  • उनले पार्टीको ध्यान राष्ट्रिय राजनीतिमा नभएको भन्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबारे धारणा सार्वजनिक गर्न माग गरे।
  • राणाले केन्द्रीय समिति बैठकमा महाधिवेशन र विशेष महाधिवेशनबाहेक अन्य विषयमा छलफल नभएकोमा आपत्ति जनाए।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशन गरे महाभारतको चक्रव्यूहमा छिर्ने बताएका छन् । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै केन्द्रीय सदस्य राणाले भने- ‘पार्टी अधिवेशनको कुरा गर्दा  एउटा कुरामा म क्लियर छु। हामी विशेष महाधिवेशनमा जानुहुँदैन। महाभारतको चक्रव्यूहमा छिर्छौं । हामी जान्छौँ तर निस्किन सक्दैनौँ । हामी एक भएर आउँछौँ, भाँचिएर आउँछौँ वा आउँदै आउँदैनौँ । त्यसैले यसमा लाग्नुहुँदैन ।’

उनले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरे । पार्टीको ध्यान राष्ट्रिय राजनीतिमा नभएको उनको भनाइ थियो । ‘राष्ट्रिय राजनीतिमा हाम्रो धारणा के हो ? हाम्रो ध्यान गएको छ कि छैन,’ राणाले भने– ‘हामी कहाँ उभिएका छौँ ?’ राणाले भने ।

केन्द्रीय समिति बैठकमा महाधिवेशन, विशेष महाधिवेशनबाहेक केही कुरै नभएको भन्दै आपत्ति जनाए । बैठकबाट राष्ट्रिय राजनीतिमा कांग्रेसको एजेन्डा के हो क्लियर गर्नुपर्ने राणाको भनाइ छ ।

जेनजी आन्दोलनको क्रममा सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदै कोही नबोलेको विषयमा बैठकमा छलफल हुनुपर्ने बताए ।  राणाले समयमै नियमित महाधिवेशनको कार्यतालिका निकाल्नुपर्ने बताए ।

‘समयमै नियमित महाधिवेशनको कार्यतालिका पार्टीले ल्याउनुपर्छ । जसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरू पनि महाधिवेशनमा जाने वातावरण निर्माण गरोस्’ उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप