कमला नदीमा भूत मेला
सारांश
- धनुषा र सिरहा जिल्लाको कमला नदीमा कार्तिक पूर्णिमाको अवसरमा अनौठो भूत मेला आयोजना भएको छ।
- मेलामा तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ सिरहा, धनुषा लगायतका लाखौँ मानिसहरू कमला नदीमा स्नान गर्न आउने गर्छन्।
- श्रद्धालुहरूका अनुसार, यस मेलामा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने र धामी बन्ने विश्वास गरिन्छ।
धनुषा । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला आयोजना भएको छ । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ ।
पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रूपमा समेत परिभाषित गर्दै आइरहेका छन् । मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौँ मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।
धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरू देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन् ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ ।
तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुति दिने चलन रहँदै आएको छ । स्नानको समयमा मूल धामीहरूले लोक भाकामा गीत समेत गाउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
-
गभर्नर पौडेलको हस्ताक्षर भएको ५ सय दरका नयाँ नोट प्रचलनमा
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा असार २३ गते निर्मल निवास ३ घण्टा खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण