कमला नदीमा भक्तजनको घुइँचो, 'भूत-प्रेत' हट्ने जनविश्वास (तस्बिरमा हेर्नुहोस्)
सारांश
- कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा भक्तजनको भीड लागेको छ।
- धार्मिक मान्यता अनुसार, स्नान गर्नाले बाधा हट्ने विश्वासले श्रद्धालुको घुइँचो लागेको हो।
- नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजनहरू कमला स्नानका लागि आएका छन्।
धनुषा । सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।
_wYmNLLn8KP.jpg)
धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा 'भूत-प्रेत' जस्ता बाधा हटेर जाने विश्वास रहँदै आएको छ। यही गहिरो आस्था र विश्वासका कारण नेपालका विभिन्न जिल्ला तथा सीमावर्ती भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू नदीमा स्नान गर्न ओइरिएका छन्।
_BsN5laXMW6.jpg)
नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।
_QfE6xGjhHO.jpg)
प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन्। स्थानीय निकायहरूले यस मेलाले धार्मिक एकता, सामाजिक सद्भाव कायम गर्न र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
_ve6aDfHYB8.jpg)
_MIu4kbh32z.jpg)
_n4okmfMwaJ.jpg)
_7iUFJF0xH9.jpg)
_Q5EQZn7sXe.jpg)
_3FQgTK8Exh.jpg)
_sa6FTlogds.jpg)
_67BdpOe4yZ.jpg)
_WNphS2Aqcf.jpg)
_RQBWgHmRys.jpg)
_TOQ5UmGYv6.jpg)
_aFLv7stMTj.jpg)
_N9Ao4bsMTx.jpg)
तस्बिरः अमरेन्द्रकुमार यादव / नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
-
सेफ सन्तोष साहले पक्राउ प्रकरणबारे दिए प्रष्टीकरण
-
एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण