बाँकेमा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा
सारांश
- बाँकेका सात स्थानीय तहमा देखिएको लम्पी स्किन संक्रमण नियन्त्रणमा आएको छ।
- लम्पी स्किनका कारण केही पशुको मृत्यु भएको र खोप तथा मौसम परिवर्तनले संक्रमण कम भएको बताइएको छ।
- जानकी गाउँपालिकामा १६२ पशु चौपायामा संक्रमण देखिएकामा खोप र आहार व्यवस्थापनबाट नियन्त्रणमा आएको हो।
नेपालगन्ज । बाँकेका सात वटा स्थानीय तहका पशु चौपायामा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण नियन्त्रणमा आएको देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले बुधबार यहाँ आयोजना गरेको स्थानीय तहका पशुसेवा प्राविधिकसँगको अन्तरक्रियामा विज्ञ केन्द्रका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले सो जानकारी दिए ।
उनले केही स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमणका कारण दुई वटा पशु मरेको उल्लेख गर्दै खोपको व्यवस्थापन र मौसमममा आएको फेरबदलले पनि सङ्क्रमण कम हुँदै गएको बताए । दसैँ अघि नै सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो ।
जिल्लाको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किनको सङ्क्रमण देखिएको थियो ।
जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले पालिकामा १६२ वटा पशु चौपायमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिनासाथ खोप उपलब्ध गराइएको र पशुको आहारामासमेत ध्यान दिइएकाले अहिले छिटपुट घटना बाहेक लम्पी स्किन नियन्त्रणमा आएको बताए ।
“केही किसानलाई औषधि किन्न लगायौँ, कहीँ हामी आफैँले पनि सहयोग गरेर लम्पी स्किन नियन्त्रणमा आएको छ,” उनले भने । लम्पी स्किनका १६२ पशु चौपायाको उपचार भएको जानकारी दिँदै खडकाले करिब ७ वटा पशुको उपचार जारी रहेको र सङ्क्रमण घट्दो अवस्थामा रहेको बताए।
राप्तीसोनारी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख जयबहादुर कार्कीले राप्तीसोनारी गाउँपालिका–६ को खल्ला टपरीबाट सुरुमा लम्पी स्किनको सङ्क्रमण सुरु भएको उल्लेख गर्दै एक साताअघि मात्रै वडा नं ८ मा पनि सङ्क्रमण देखिएको जानकारी दिए । धेरैजसो पशुमा लम्पी स्किनको सङ्क्रमण नियन्त्रणमा आएको उल्लेख गर्दै उनले भ्याक्सिनको अभावले सुरुमा केही समस्या भएको बताए ।
नरैनापुर गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जगतराम यादवले ८५ वटा पशु चौपायमा लम्पी स्किनको घटना देखिएको जानकारी दिँदै भयावहस्थिति नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण