भक्तपुरका नेवार समुदायले यसरी मनाए सकिमना पुन्ही (तस्बिरहरू)
सारांश
- आज नेवार समुदायले 'सकिमना पुन्ही' मनाएका छन्, जहाँ पिँडालु र सखरखण्ड उसिनेर खाने चलन छ।
- नेवार समुदायले ऋतुअनुसारको उब्जनी इष्टदेवलाई चढाएर मात्रै खाने गर्छन्, जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ।
- सकिमना पुन्हीमा मन्दिरअगाडि हलिमली बनाइन्छ, जसमा विभिन्न अन्नबाट देवीदेवताका आकृति बनाइन्छ।
काठमाडौँ । नेवार समुदायले बुधबार (आज) कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ।
नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछ। यसले शरीरमा तागत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।
आज साँझ हरेक मन्दिरअगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउछन्, जसलाई स्थानीय भाषामा हलिमली भनिन्छ र अन्त्यमा यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।
सकिमना पुन्ही कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारितासमेत हो । घरघरमा उसिनेको पिँडालु खाएर सकिमना पुन्ही मनाएका स्थानीयहरूले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्काः रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाउने गरिन्छ, जसले यहाँको प्राचीन वैभव झल्काउने समेत गर्दछ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण