शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

बिहीबार, २० कात्तिक २०८२, ०१ : ५७
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • कञ्चनपुरको दोधारा चाँदनीमा फुटबल रेफ्री र कोचको प्रशिक्षण सुरु भएको छ।
  • कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा एन्फाको प्राविधिक सहयोगमा प्रशिक्षण भइरहेको छ।
  • प्रशिक्षणमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ३४ जनाको सहभागिता रहेको छ।

कञ्चनपुर । जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो । 

जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले देशभरि फुटबल प्रतियोगिता बढेपछि रेफ्री र कोचको अभावलाई मध्यनजर गरी प्रशिक्षण सञ्चालन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी भएका छन् । मङ्गलबारदेखि सुरु भएको एक साताको प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण हुनेछ । 

पछिल्लो समय स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितामा रेफ्री र कोचको अभाव हुन थालेपछि अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रशिक्षणका लागि सहकार्य गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए । “यहाँ धेरै फुटबल प्रतियोगिता धेरै तर रेफ्री बाहिरबाट ल्याउनुपर्ने अवस्था आएपछि कार्यपालिकाबाट निर्णय गरेर प्रशिक्षणमा सहयोग गरेका हौँ, यसले रेफ्री र कोच उत्पादनमा सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भने । 

खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलको ‘क्रेज’ बढ्दै गएको र प्रशिक्षणले फुटबल खेलको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । “मुलुकभरि नै रेफ्रीको अभाव छ । प्रतियोगिता बढेका छन् । यो प्रशिक्षण फुटबलको विकासमा टेवा पुग्छ”, उनले भने, “रेफ्री र कोचको अभाव पूर्ति गर्नका लागि तीनै तहका सरकारले सहयोग गर्नु आवश्यक छ ।” 

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा० का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्  ।  प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्मका खेलाडी र पूर्वखेलाडी सहभागी छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप