आणविक परीक्षण गर्ने पुटिनको सङ्केत
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक परीक्षण सुरु गर्ने बताएपछि रुसले पनि परीक्षणको तयारी गर्ने जनाएको छ।
- पुटिनले सीटीबीटीको पालना गरेको र नगर्ने योजना नरहेको बताए, तर अन्य देशले गरेमा प्रतिक्रिया दिने चेतावनी दिए।
- रुसले आणविक हतियार परीक्षणको तयारीबारे प्रस्ताव पेस गर्न मन्त्रालयलाई आग्रह गरेको छ।
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आणविक परीक्षण कार्यक्रम सुरु गर्ने बताएका थिए । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो देशले नयाँ आणविक परीक्षण गर्ने सम्भावनाको खोजी गर्ने बताएका छन् ।
‘रुसले सधैँ बृहत् आणविक परीक्षण–प्रतिबन्ध सन्धि (सीटीबीटी)अन्तर्गत आफ्नो दायित्वहरूको कडाइका साथ पालना गरेको छ र यसलाई निरन्तरता दिइरहेको छ, र यी प्रतिबद्धताहरूबाट विचलित हुने हाम्रो कुनै योजना छैन,’ पुटिनले बुधबार रूसको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा भनेका थिए ।
तर, अमेरिका वा सीटीबीटीमा हस्ताक्षर गर्ने अन्य देशहरूले आणविक हतियार परीक्षण गर्न थाले भने, रुसले पनि उपयुक्त र समानुपातिक प्रतिक्रियाशील उपायहरू अपनाउनुपर्नेमा पुटिनले जोड दिएका छन् । आफूले सरकारी मन्त्रालय र अन्य एजेन्सीहरूलाई आणविक हतियार परीक्षणको तयारी गर्ने कामको सम्भावित सुरुवातबारेमा समन्वित प्रस्तावहरू पेस गर्न आग्रह गरेको उनले बताए ।
अहिलेसम्म यसबारे केही निर्णय नभएकोमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जोड दिएका छन् । तयारी सुरु गर्न आवश्यक छ कि छैन भनेर अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण