अमेरिकामा पर्यटक र व्यावसायिक यात्रीसहितको ८० हजार भिसा रद्द
सारांश
- ट्रम्प प्रशासनले जनवरीदेखि अमेरिकामा झन्डै ८० हजार गैर-आप्रवासी भिसा रद्द गरेको छ।
- भिसा रद्द हुनुको कारणमा मादक पदार्थ सेवन, मारपिट र चोरी जस्ता आपराधिक गतिविधिहरू छन्।
- यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो र यसले विदेश नीतिलाई पनि प्रभाव पार्छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीदेखि अमेरिकामा झन्डै ८० हजार गैर–आप्रवासी भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।
यी भिसा रद्द हुनुका कारणहरूमा मादक पदार्थ सेवन गरी गाडी चलाउनु (डीयूआई), मारपिट र चोरी जस्ता आपराधिक गतिविधिहरू लगायत रहेको बताइएको छ ।
एउटा समाचार एजेन्सीको रिपोर्ट अनुसार, डीयूआई मामिलामा १६,०००, मारपिटको घटनामा १२,००० र चोरीका मामिलामा करिब ८ हजार भिसाहरू रद्द गरिएका छन् । यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश मानिएको छ ।
प्रशासनले अवैध आप्रवासीहरूलाई मात्र देश निकाला गर्ने काम तीव्र पारेको छ । तर मान्य भिसा धारकहरू विरुद्ध कारबाही गर्न पनि जारी राखेको छ ।
अमेरिकी विदेश नीति विपरीत गतिविधिहरूमा संलग्न भएकोले आफूले हजारौँ भिसा रद्द गरेको मे महिनामा विदेश मन्त्री मार्को रुबियोले भनेका थिए । नयाँ नीतिहरू अन्तर्गत, विदेश मन्त्रालयले राजनीतिक रूपमा सक्रिय वा वाशिंगटनको प्रतिकूल विचार राख्ने आवेदकहरूसँग व्यवहार गर्दा विशेष सावधानी अपनाउन विश्वभरका अमेरिकी दूतावासहरूलाई निर्देशन दिएको थियो ।
ट्रम्प प्रशासनका अधिकारीहरूले प्यालेस्टाइनलाई समर्थन गर्ने वा इजरायली कदमको आलोचना गर्ने विद्यार्थी वा ग्रिन कार्ड धारकहरूले भिसा रद्द वा निर्वासनको सामना गर्न सक्ने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण