ममदानीको बारेमा ट्रम्प : ‘उनको सुरुवात खराब छ’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले न्युयोर्कका नवनिर्वाचित मेयर ममदानीको भाषणको आलोचना गरेका छन्।
- ट्रम्पले ममदानीको भाषण क्रोधित र आफूप्रति अनुचित व्यवहार भएको बताए।
- मेयर ममदानीले चुनाव जितेपछि ट्रम्पलाई लक्षित गर्दै टिप्पणी गरेका थिए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीले जितपछि दिएको भाषणलाई ‘धेरै क्रोधले भरिएको’बताएका छन्।
ममदानी सुरुदेखि नै गलत दिशामा गइरहेका छन् र यदि उनले वासिङ्टनप्रति सम्मान नराखे सफल हुने कुनै सम्भावना नरहेको ट्रम्पको भनाइ छ ।
फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने– ‘मलाई लाग्यो उनको भाषण धेरै रिस भरिएको थियो, विशेष गरी मेरो विरुद्धमा उनले मप्रति राम्रो व्यवहार गर्नुपर्छ, किनभने धेरै कुरालाई स्वीकृति दिने जिम्मेवारी मेरो हो। उनी खराब सुरुवात गर्ने दिशामा छन्।’
न्युयोर्कको मेयरको चुनाव जितेपछि ममदानीले ट्रम्पलाई लक्षित गर्दै भनेका थिए, ‘जो मानिसहरूले उहाँलाई सफल बनाउन सक्छन्, तिनै मानिसहरूले उहाँलाई हराउन पनि सक्छन्।’
यसअघि ट्रम्पले ममदानी मेयर बनेमा न्युयोर्कलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन आफूलाई गाह्रो हुने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण