यो वर्षको धेरै कमाउने फिल्म बन्यो ‘जेरी अन टप’
सारांश
- अनमोल केसीको फिल्म 'जेरी अन टप' यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म बन्यो, जसले ११ करोडभन्दा बढी कमाइ गर्यो।
- 'जेरी अन टप' ले 'उनको स्वीटर'को कमाईलाई उछिन्यो, जसले पहिले सबैभन्दा धेरै कमाएको थियो।
- चलचित्र सेन्सर बोर्डले फिल्मलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ, निर्देशन पालना नगरेको आरोप लगाउँदै।
काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ । फिल्मले बुधबारसम्म ११ करोड ४३ लाख ग्रस कलेक्सन गर्न सफल भएको निर्माता सरोज न्यौपानेले बताए ।
यसअघि यो वर्ष रिलिज भएको फिल्ममा सबैभन्दा धेरै कमाई फिल्म ‘उनको स्वीटर’ले गरेको थियो । फिल्मको आम्दानी ११ करोड ३४ लाख ग्रस कलेक्सन रहेको थियो । ‘जेरी अन टप’ अझै प्रदर्शनरत छ ।
फिल्मको बक्सअफिसमा आधिकारिक कमाई कति छ भनेर चलचित्र विकास बोर्डले सार्वजनिक गर्न बाँकी रहेको छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको अभिनय छ । फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको हो ।
फिल्मलाई मंगलबार केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । चलचित्रलाई सेन्सर बोर्डले आफ्नो निर्देशन पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण चित्तबुझ्दो नआए फिल्मको प्रदर्शन रोक्नसक्ने सेन्सर बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण