एनआईसी एशिया बैंकको नयाँ सीईओ बनेका शाक्यद्वारा पदभार ग्रहण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुजित कुमार शाक्यले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
बैंकको सञ्चालक समितिको ७३६औं बैठकको निर्णयअनुसार शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो।
शाक्यले झन्डै तीन दशकको बैंकिङ अनुभव सँगालेका छन् । उनले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
सन् १९९६ मा तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंक बाट बैंकिङ करियर सुरु गरेका शाक्यले हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ देखि बैंक अफ एशिया नेपाल लिमिटेड मा बिजनेस बैंकिङ प्रमुख का रूपमा कार्य गरेका थिए ।
शाक्यले तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैंक लिमिटेडको मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा उहाँले सहायक महाप्रबन्धक तथा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा उल्लेखनीय योगदान दिएका थिए ।
त्यसपछि शाक्यले सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड मा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए । प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि उनी नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
एनआईसी एशिया बैंकले विज्ञप्तिमार्फत शाक्यको दीर्घ अनुभव, विश्लेषण क्षमताको गहिराइ र रणनीतिक दृष्टिकोणले बैंकलाई थप सहज, सबल, गतिशील, विश्वसनीय र परिणाममुखी संस्थाको रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण