‘महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरियो’
सारांश
- उद्धव थापाले महामन्त्रीहरूले पार्टीको छवि बिगारेको आरोप लगाए।
- उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभिव्यक्तिको आलोचना गरे।
- थापाले पार्टीभित्रको गलत भाष्यले कार्यकर्तामा अन्योल बढाएको बताए।
काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताएका छन् ।
बत्तिसपुतलीमा नियमित महाधिवेशनको दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका थापाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टी लाई क्षति पुर्याइरहेको दाबी गरे ।
‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर। हामी राजीनामा दिन तयार छौँ,’ थापाले भने– ‘भोट कसले हाल्छन्, कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ? महामन्त्रीहरूले नै पार्टीको इमेज बिगार्नेगरी गलत भाष्य निर्माण गरिरहनु भएको छ ।’
पार्टी भित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको थापाको भनाइ छ । उनले नेतृत्व परिवर्तनको स्वाभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकाक्षांलाई सम्मान गर्नुपर्ने बताए ।
निर्वाचनबाट प्रतिनिधिसभा आएपश्चात् देश सही दिशामा हिँड्ने भएकाले अहिलेका लागि राष्ट्रको हित प्राथमिक भएको बताए । त्यसपछि पार्टी जीवनको सुधार गर्न सकिने तर्क उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण