बिहार विधानसभा निर्वाचनः भैँसी चढेर भोट हाल्न पुगेका युवकले बटुले चर्चा
पटना । बिहार विधानसभा चुनाव २०२५ को पहिलो चरणको मतदान बिहीबार त्यहाँको समयअनुसार बिहान ७ बजेदेखि जारी छ । १८ जिल्लाका १२१ सिटमा मतदान भइरहेको छ ।
यसै क्रममा वैशाली जिल्लाको भगवानपुर प्रखण्डमा मतदानका क्रममा एउटा अनौठो दृश्य देखिएको छ, जसले यस क्षेत्रमा व्यापक चर्चा बटुलेको छ ।
भगवानपुर निवासी केदार प्रसाद यादव भैँसीमा चढेर मतदान केन्द्र पुगेका थिए । यो दृश्यले जनतामा मतदानप्रति कति उत्साह र लगनशीलता छ भन्ने देखाएको छ । मतदानका यस्ता प्रेरक दृश्यहरूले लोकतन्त्रमा मतदानमा भाग लिनु हाम्रो शक्ति हो भन्ने कुराको स्मरण गराएको छ ।
भिडियोमा देखिएअनुसार यादव मतदानका लागि आवश्यक परिचयपत्र हातमा लिएर बिस्तारै भैँसीमा बसेर अगाडि बढिरहेका थिए । उनले यस क्रममा कालो रङको चस्मा पनि लगाएका थिए । उनीसँगै केही महिलाहरू पनि गीत गाउँदै हिँडेका देखिन्थे ।
वैशाली जिल्लामा हाजीपुर, लालगञ्ज, वैशाली, राजापाकर, पातेपुर, मेहनार, महुवा र राघोपुर गरी कुल ८ वटा विधानसभा सिटहरू छन् । यी सिटहरूमध्ये राघोपुर विशेष चर्चाको केन्द्रमा छ । राघोपुरबाट महागठबन्धनका मुख्यमन्त्री पदका उम्मेदवार तथा आरजेडी नेता तेजस्वी यादव चुनावी मैदानमा छन् ।
भगवानपुर वैशाली जिल्लाभित्रको एउटा ठुलो क्षेत्र र पञ्चायत हो । यहाँका मतदाताहरू जातीय र पारिवारिक समीकरणको प्रभावमा रहने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण